भद्रपुरमा गोली हानेर ब्राउनसुगरसहित पक्राउ परेका दुई जना सार्वजनिक

0
155

भद्रपुर ।

भद्रपुरमा गोली हानेर ब्राउनसुगरसहित पक्राउ गरिएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने वर्ष ३५ का मनिसुर आलम र कचनकवल गाउँपालिका –५ बस्ने वर्ष ५५ का नशरुद्धिन मिया रहेका छन् ।

हिजो साँझ ५ः२० बजे भद्रपुर–७ ओमसाई पाथीभरा हस्पिटलको मेन गेट अगाडीको चिया पसल बाहिर जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले चाइनिज ठुलो तथा सानो पेस्तोलबाट ३/३ गरी जम्मा ६ राउन्ड गोली फायर गरेको थियो । प्रहरीले पक्राउ परिसकेका मियाको दाहिने खुट्टाको पिँडुलामा गोली हानेका थिए ।

गोली प्रहार मिया घाइते भएका छन् । प्रहरीले आलमको साथबाट २ वटा प्लास्टिकको पोकामा प्लास्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम र मियाको साथबाट २ वटा प्लास्टिकको पोकामा प्लास्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ ।

२०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here