अर्जुनधारा, गुरु पूर्णिमा एवम् व्यास जयन्तीको अवसरमा पूर्वीय दर्शन प्रतिष्ठान नेपालले झापाको आयोजनामा अर्जुनधारा–४ रातेखालस्थित सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयमा गुरुपुजन कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीसामु गुरुको गरिमा र महत्व माथि प्रकाश पार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनालको अध्यक्षता र विद्यालयका प्रबन्ध निर्देशक रुद्रप्रसाद सिटौलाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
गुरु पूर्णिमा एवम् व्यास जयन्तीसँगै गुरु शिष्यको महत्व माथि विशेष अतिथि सिटौलाले प्रकाश पारेको कार्यक्रममा प्रतिष्ठानकोतर्फबाट विद्यालयलाई श्रीमद् भागवत गीता, हनुमान चालिसा, कर्तव्य कुञ्जिका आदि धार्मिक पुस्तकहरु प्रदान गरिएको थियो ।
सप्तऋषी गुरुकुलका बटुकहरुद्वारा स्वस्ति वाचन र विद्यालयका विद्यार्थीहरुद्वारा सरस्वती बन्दना प्रस्तुत भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य कोमलप्रसाद लुँइटेलले स्वागत र कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण ढकालले गरेका थिए ।































