सहारा नेपालका कर्मचारी माथि अभद्र व्यवहार, कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

0
3401

बिर्तामोड, झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुव्र्यवहार भएको छ । मोरङको मिक्लाजुङ्ग गाउँपालिका २ रचनाटारमा संस्थाका कर्मचारी माथि दुव्र्यवहार भएको हो ।

भद्रपुर नगरपालिका – १० घर भई हाल मिक्लाजुङ्ग गाउँपालिका – ९ मधुमल्ला सेवाकेन्द्रमा कार्यरत कर्मचारी ४२ वर्षीय रमेश राई र सोही सेवा केन्द्रमा कार्यरत कर्मचारी ३७ वर्षीया सुशीला लामिछाने विश्वकर्मामाथि अभद्र व्यवहार भएको हो । उनीहरुलाई मिक्लाजुङ २ रचनाटार निवासी ४२ वर्षीया दुर्गामाया लिम्बू, सोही ठाउँ निवासी ३३ वर्षीया माया मगरले अभद्र व्यवहार गर्दै सुशीलालाई जुत्ताको माला लगाइ दिएका थिए भने राईलाई धकेल्दै जुत्ताको माला लगाउने पटक पटक प्रयत्न गरेका थिए ।

  • अभद्र व्यवहार गर्दै गरेको दृष्य ।

ऋण असुलीका लागि तागेता गर्न जाने क्रममा उनीहरु माथि अभद्र व्यवहार भएको हो । ऋण असुलीका लागि पुगेका उनीहरु माथि सुरुमा गाली गलौज भएको र पछि जुत्ताको माला लगाएका थिए । ऋण असुलीका लागि पुगेका कर्मचारीले ऋणीलाई पटक पटक सम्झाएको र उनीहरुको कुरा नसुनी उल्दै कर्मचारीलाई जुत्ताको माला लगाईदिएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । घटना लगत्तै सहारा नेपालका पीडित कर्मचारीले अभद्र व्यवहारमा सम्लग्न उनीहरुलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय उर्लावारीमा जाहेरी दिएका छन् ।

यसैबीच सहारा नेपालका अध्यक्ष हरिवहादुर राजवंशीले घटनामा सम्लग्नलाई कारवाहीको माग गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्ता अवान्छित क्रियाकलावले कर्मचारीको मनोवल गिराउने र सिङ्गो सहकारी एवम् त्तिीय क्षेत्रलाई तहस नहस गर्ने भएको हुँदा दुव्र्यवहार गर्ने पक्षलाई हदै सम्मको कारवाहीको माग गरेका हुन् ।

घटनाको विषयलाई लिएर एकीकृत कर्मचारी संगठनले समेत विज्ञप्ति जारी गर्दै दुःख व्यक्र गरेको छ । संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी कारवाहीको माग गरेका छन् । उनले भिडियो सामग्री सार्वजनिक गर्नैलाई समेत कारवाहीको माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here