उदयपुर।
उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई शंका लागेर चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।
लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभूमी–२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























