अट्ठाइस जातका केराको परीक्षण गरिँदै

0
99

चितवन,

पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।

केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गर्नुभएको हो ।

व्यावसायिक रुपमा जी–९ केरा लगाए पनि उहाँले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गर्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”

यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने क्षमता, सिवाटोवा, वन्चिटप जस्ता रोगसँग लड्ने क्षमताको अध्ययन गरिएको छ । विगत ३ वर्षदेखि केराको जातीय परीक्षण गर्दै आउनुभएका भन्तना हाल नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रित गरिएको बताउनुहुन्छ ।

उहाँले केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ (वाइन) लगायत उत्पादनको तयारीमा हुनुहुन्छ । वाइन र लिटोका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले सहयोग गरेको छ । रैथाने बालीबाट केकस्ता वस्तु उत्पादन गरेर विश्व बजारमा पु¥याउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको उहाँले बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट जैविक प्रविधि विषयमा स्नातकोत्तर गर्नुभएका भन्तना केराखेती गरेर विभिन्न किसिमका उत्पादन गर्न सकिने बताउनुहुन्छ । राज्यले कृषि क्षेत्रमा गरेको लगानीबाट प्रतिफल लिन सके युवापुस्ता विदेश पलायन हुनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here