अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ

0
71

काभ्रेपलाञ्चोक ।

अनलाइन सट्टेबाजीमा संलग्न रहेको भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डनदेउपुर नगरपालिका–७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका–८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका–४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

उनीहरू रिसोर्टको कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत खेलाडीहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here