झापाको नेपाल एभरेष्ट कार्डाममका अध्यक्ष बिमलीलाई महत्त्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान

0
209

काठमाडौं ।

सरकारले झापा बिर्तामोडका व्यवसायी ओमकृष्ण बिमलीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरेको छ । बिमलीसहित मुलुकका ३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरिएको हो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआइपी सम्मान प्रदान गरे । नेपाल सरकारद्धारा उद्योग वाणिज्य क्षेत्रमा विशिष्ट योगदान गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल एभरेष्ट कार्डामम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लि.का अध्यक्ष बिमलीलाई कृषिजन्य वस्तुहरुको निर्याततर्फ निर्यात क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरिएको जनाइएको छ । दुई वर्षको कृषिजन्य वस्तुहरुको निर्यात योगदानको लागि उक्त सम्मान प्रदान गरिएको जनाइएको हो । प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापासंगै जडिबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् ।

कार्यक्रममा सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।

व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ । यी संस्थाहरलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएको भनेर सम्मान गरिएको हो ।

यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ । यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्पी व्यवसायी संघ झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन् । उनीहरुलाई तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो ।

यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहरु मध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलाई सीआईपी सम्मान प्रदान गरिएको छ । जस अन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रा.लि. ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रा.लि., छुर्पी मनराम हिमालयन हेण्डिक्राफ्ट प्रा।लि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रा।लि। , आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सिआइपी सम्मान प्राप्त गरेका छन् । यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि.ले पनि सीआईपी सम्मान पाएको छ ।

निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरुमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here