घुर्बिसे पञ्चमी सेप्टिक ट्याङ्की दुर्घटना-एकको मृत्यु,दुई गम्भीर

0
431

युद्धबहादुर बोहोरा
पाँचथर,

बुधवार दिउँसो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका थिए।

ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएका हुन्। बेहोस भएका मध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

२४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको र थप उपचारका भइरहेको जनाइएको छ।

३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो । सबै कामदारहरू फाल्गुनन्द – ५ निवासी हुन् ।

उनीहरु घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनमा निर्माण कार्यमा संलग्न थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here