मोरङ।

प्रहरीले मोरङ र सुनसरीका विभिन्न स्थानबाट दैनिक जसो ठूलो परिमाणमा गाँजा बरामद गर्दै आएको छ ।
यसैक्रमममा बिहीबार मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले तीन सय २३ किलो गाँजा बरामद गरेको हो।
खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुँडालले बताइन्। उनका अनुसार १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो।
गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































