बिर्तामोडमा ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध बरामद

0
287

बिर्तामोड ।

झापाको बिर्तामोडमा लागूऔषधको कारोबार हुने गरेको खुलासा भएको छ ।

प्रहरीले दैनिक रुपमा लागूऔषधसहित प्रयोगकर्ता पक्राउ गरे पनि हालसम्म कारोबारी पक्राउ गर्न सकेको थिएन् । स्थानीयले लागूऔषधको ठूलो कारोबार हुने गरेको थाहा पाए लगत्तै प्रहरीसंगको समन्व्यमा छापा मार्दा ठुलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद भएको हो । यो संगै बिर्तामोडमा लागूऔषधको कारोबार हुने गरेको पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले औषधीजन्य लागूऔषध बरामद गरेको हो । सो गोदाम सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलको भएको बताइएको छ । खरेलले मनकुमार सङ्ग्रौलाको घर भाडामा लिएर दुई वटा गोदाममा औषधी राखेका थिए ।

प्रतिबन्धित औषधी फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले बरामद प्रतिबन्धित औषधीको परिमाण यकिन गरी मुचुल्का तयार गर्ने कार्य भइरहेको बताए । अन्यकुरा बताउन नमिल्ने डीएसपी श्रेष्ठको भनाई छ ।

प्रहरीले एक जना कामदारलाई पक्राउ गरेको छ । औषधी व्यवसायी खरेल भने फरार भएका छन् । खरेलले औषधिको थोक बिक्रेताको आवरणमा बर्षौदेखि सेटिङ मिलाएर लागूऔषधजन्य औषधिको कारोबार गर्दै आएको बताइएको छ । प्रहरीले हालसम्म अरु पक्राउको विषयमा जानकारी दिएको छैन् ।

यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबार बिहान विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनको विषय जानकारी नगराइए पनि बिहीबार पक्राउ परेको लागूऔषध जन्य औषधिको विषयमा हुन सक्ने आंकलन गरिएको छ । बिर्तामोडमा यौनजन्य गतिविधिसंगै लागूऔषधको कारोबारहरु हुने गरेको जनगुनासो बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here