विराटनगर।

झापा, सुनसरी र धनकुटाबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई एक ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै सुनसरीको धरान–१३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी– ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी–८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी–२ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन एक सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका–५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधि एक सय चार ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।































