कमल ।

उत्तर दक्षिण व्यापारिक मार्ग विस्तर गर्ने उद्धेश्यले नेपालको पुर्वी पहाडसंगको सिधा सम्पर्ककालागी चतरा मुलघाट सुभाङ खोला सडक योजना अन्तरगत तमोर करिडोर सडक निर्माण कार्य सूरु गरिएको हो ।
सुनसरीको चतरा बाट सुरु भएको तमोर करिडोरको लम्बाई पाँचथरको गणेश चौक सम्म एक सय ५५ किलो मिटर रहेको । सडकलाई ३ सेक्टरमा विभाजनगरी ठेक्का प्रकृया बाट निर्माण कार्य हुँदैछ ।
३ वटा प्याकेजमा निर्माण हुँदै गरेको तमोर करिडोर सडकको पहिलो सेक्टर अन्तरगत मुलघाट देखी हाङथुवा सम्म ६६ किलोमिटर पर्दछ । सडक निर्माणकालागी २०७९ साल कात्तिक ६ गते देखी निर्माण सुरु गरी २०८२ साल कात्तिक ५ गते सम्ममा सम्पन्न गर्ने गरी संझौता भएको थियो ।
सडक निर्माणका लागि दुई अर्ब ९९ करोड ३६ लाख ६९ हजार ७८ रुयैया मा संझौता गरिएको रकम मध्ये हाल सम्ममा दुई अर्ब एक करोड ९१ लाख ६० हजार ५३९ रुपैया खर्च भएको छ । सडक निर्माणको अवस्था भने अहिले सम्म ६६ किलोमिटर मध्ये ४२ किलो मिटर सडक आसफाल प्रविधी बाट कालोपत्रे र १ किलोमिटर आसीसी ढलान मध्ये ८ सय मिटर सम्पन्न भएको छ । सडक निर्माणको प्रगती हेर्दा भौतिक तर्फ ७५ प्रतिशत र वित्तीय तर्फ ६७ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको हो ।
त्यस्तै दोश्रो सेक्टर अन्तरगत हाङथुवा देखि सुभाङ खोलासम्म ४६ किलोमिटर सडक निर्माणकालागी १ अरब ४३ करोड ८५ लाख ३२ हजार ८ सय ८१ रुयैयामा २०७९ साल मंसिर ८ गते देखी निर्माण सुरु गरी २०८३ साल बैशाख१ गते सम्ममा सम्पन्न गर्ने गरी संझौता भएको थियो । सडक निर्माणकालागी संझौता भएको रकम मध्ये अहिले सम्ममा ६९ करोड १० लाख ७२ हजार ३ सय ३६ रुपैया खर्च भएको छ । हाङंथुवा देखी गणेश चौक सम्म ४६ किलोमिटर मध्ये अहिले सम्म ५ किलोमिटर सडक आसफाल प्रविधीबाट कलोपत्रे र १ किलोमिटर आसीसी ढलान मध्ये ७ सय २० मिटर सम्पन्न भएको छ । दोश्रो खण्डको भौतिकतर्फ ५२ र वित्तीय तर्फ ४८ प्रतिशत काम सम्पन्न भएको छ ।

त्यसैगरी तेश्रो खण्ड अन्तरगत चतारादेखि मुलघाटसम्म ३५ किलोमिटर सडक निर्माणकालागी २०८२ साल जेठ २० गते देखी निर्माण सुरु गरी २०८४ साल जेठ १९ गते सम्पन्न गर्नेगरी ११ करोड १६ लाख ५३ हजार ४ सय ३१ रुपैयामा संझौता भएको र निर्माण वयवसायीलाईबमखबलअभ ४८ लाख ८५ हजार रुपैया भुक्तानी भएको छ । आयोजनाले सडक निर्माण संगसंगै सडक सुरक्षाकालागी वायोईन्जिनियरिङ्गका क्षेत्रमा समेत काम भैहरको चतरा मुलघाट सुभाङ खोला सडक योजना अन्तरगत तमोर करीडोर सडकका ईन्जिनियर जयराम अधिकारी बताउछन् ।
तमोर करिडोर सडक स्थानीय व्यापार र रोजगारीमा वृद्धिको हिसाबले अत्यन्तै ठुलो महत्व छ । सडक बनेपछि होटल, पेट्रोल पम्प, र घर निर्माण भएका छन् भने धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम लगायतका पहाडी जिल्लाबाट फलफूल र तरकारी सजिलै तराईका बजारमा पु¥याउन थालिएको छ । जसका कारण सो क्षेत्रको गतिविधि निकै बढेको छ, ।
तमोर करिडोर सडकले सडक क्षेत्रका स्थानियको भाग्य नै परिवर्तन गरेको छ । हिजो सामान्य घरायसी सामान नुन तेल किन्न दिन मायाँ मारेर जानु पर्दथ्यो भने आँप , लिचि,कागती, अनार लगातका फलफुल विक्रि हुनु त परै जाओस सीत्तैमा समेत कसैले लादैन थिए तर आज सडक कै कारण व्यापारीहरु घर मै आएर आफुहरुले उत्पादन गरेको फलफुल घरमै आएर लानेगरेको चौविसे गाउँपालिका ४ फलामेटार धनकुटाका स्थानिय भुपेन्द्र बस्नेत बताउछन् ।
पर्यटन प्रवद्र्धनमा समेत तमोर करिडोरको अन्यन्तै ठुलो भुमिका रहेको पुर्व कै प्रशिद्ध धार्मिक स्थाल पाथीभरा, बराहक्षेत्र, चतराधाम, बुढा सुब्बा लगाएत धार्मिक स्थल दर्शनकालागी छिटो र सजिलै पुग्न सकिने भएकोले समेत यो सडक महत्वपुर्ण हुनेछ । सडकले स्थानियको जिवनमा परिबर्तन ल्याउनुका साथै दुई ठुला छिमेकी मुलुक चीन र भारत बीचको सम्बन्धलाई थप बजबुत बनाउदै दुई मुलुक बीचको व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने छ ।






























