बिर्तामाेड ।

डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार उद्धव पुरी पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना गरेको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैंयाँ रहेको छ ।
२०५९ साल साउन ७ गते आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगालकाे तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो । जनपक्षीय पत्रकार आचार्यकाे स्मृतिमा याे पुरस्कार स्थापना भएकाे हाे ।































