एक्सेल डेभलपमेन्ट बैंक २१ औं वर्षमा

0
54

झापा।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि २० बर्ष पुरा गरी २१ औं बर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय रहेको विर्तामोडमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

साथै, प्रादेशिक अस्पताल भद्रपुरका सम्पूर्ण बिरामीहरुलगायत नेपाल अपाङ्ग संघ झापा जिल्ला शाखा भद्रपुरका बिरामीहरुलाई फलफूल वितरण गरियो ।त्यसका अतिरिक्त, यस बैंकका सम्पूर्ण शाखाहरुमा वार्षिकोत्सव मनाउँदैं सेवाग्राहीहरुलाई चकलेट वितरण गरिएको बैंकले जनाएको छ ।

यस बैंकले स्थापनाकालको २० औँ वर्ष पार गरी २१ औँ वर्षमा प्रवेश गर्दै गर्दा अनवरत रुपमा साथ एवं सहयोग प्रदान गर्ने बैंकका समस्त संस्थापक, अग्रज एवम् शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय, वर्तमान एवम् निवर्तमान कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुप्रति कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ ।

सम्पूर्ण शु्भचिन्तकहरुको अटुट विश्वास,योगदान र सकारात्मक सहयोगले गर्दा यस बैकले गौरवमय यात्रा पार गरी निरन्तररुपमा अघि बढेको र अझै बढी प्रभावकारी, गुणस्तरीय, विश्वासनीय, आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै जाने प्रण पनि यस बैंकले गरेको छ ।

प्रादेशिक विकास बैंकको रुपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी,पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएममार्फत ग्राहकहरुसमक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ ।साथै बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here