प्याव्सन झापाद्वारा डाक्टर महावीर पुन सम्मानित

0
104

झापा,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले डाक्टर महावीर पुनलाई सम्मान गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनलाई प्याब्सन झापाले सम्मान गरेको हो । प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमिति निर्वतमान सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।
डाक्टर पुनको सम्मानपछि उनीद्वारा लिखित महावीर पुन सम्झना , सपना र अविरल यात्रा नामक पुस्तक खरिद गरिएको प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार प्याव्सन झापाले ५० थान पुस्तक खरिद गरेको छ । पुनको राष्ट्रव्यापी अभियानलाई सहयोग पु¥याउन पुस्तक खरिद गरिएको हो ।
उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेश कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राम सिटौला, मोहन सुब्बा, प्याब्सन झापा प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here