झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो, एक भारतीय पक्राउ

0
84

झापा ।

भद्रपुरमा प्रहरीले गोली चलाएर फेरि एक भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले शनिवार दिउँसो ३ बजेर ५० मिनेटमा भद्रपुर-५ स्थित बसपार्क नजिकै गोली चलाएर भारतीय कारोबारी भारतको विहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ परेको प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा दुई राउन्ड गोली चलाएको छ । एक राउन्ड हवाई फायर र अर्को गोली कारोबारी इस्लामको बायाँ खुट्टाको घुँडाभन्दा मुनि लागेको हो । कारोबारी भाग्न खोज्दा प्रतिकारमा प्रहरीले गोली चलाएको हो,’ एसपी लिम्बूले भने । प्रहरीले उनको साथबाट करिब प्लास्टिकसहित ११० ग्राम २ मिलिग्राम ब्राउनसुगर गरेको छ । घाइतेको अवस्था सामान्य रहेको र उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार लागूऔषध कारोबारी इस्लामसँग ब्राउन सुगर खरिद गर्न पुगेका प्रहरी टोली एउटा होटेलमा बसेका थिए । होटेल बाहिर कारोबारी पुग्न साथ प्रहरीले समात्न खोज्दा प्रतिकारमा गोली चलेको बताइएको छ । यसअघि पनि भद्रपुरमा गोली चलाएर दुई कारोबारीलाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here