झापा, रोटरी क्वल अफ बिर्तामोडले वृक्ष रोपण गरेको छ । बिर्तामोडस्थित शनिश्चरे रोडदेखि महानन्द चौकसम्म एक सय र रामचोक सामुदायिक वनमा एक सय विरुवा रोपिएको हो ।
बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच असोक, सिरिस सहितका विरुवा रोपिएको छ भने रामचोक सामुदायिक वनमा फलफूलका विरुवा रोपिएको क्लवकी सचिव डा. सन्ध्या राठीले जानकारी दिइन् ।
वृक्ष रोपण अघि आयोजना गरिएको संक्षिप्त कार्यक्रममा रोटरी क्वल अफ बिर्तामोडका सर्भिस प्रोजेक्ट डाइरेक्टर शैलेन्द्र कुरुङ्वागले स्वगत सहित कार्यक्रम माथि प्रकाश पारेका थिए । उनले रोटरी क्लवले आज एकै दिन देशभर ५० हजार विरुवा रोप्ने बताए ।
कार्यक्रममा क्लवका रिजनल चेयरप्रर्सन सुरेशकुमार अग्रवाल धन्यवादज्ञापन गरेका थिए ।
वृक्ष रोपण कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट कुमार गिरी, एजी निकिता गिरी, रोट ट्याट क्लव अफ बिर्तामोड बिर्तामोडका अध्यक्ष सुशील थापा लगायतको आतिथ्य रहेको थियो । रोट ट्याट क्लव अफ बिर्तामोडको सह आयोजनामा कार्यक्रम गरिएको बताइएको छ ।






























