ताप्लेजुङमा बोलेरो दुर्घटना एक महिलाको मृत्यु

0
73

तााप्लेजुङ ।

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here