आफ्नै भतिजले कुटपिट गर्दा…

0
58

खोटाङ ।

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा आफ्नै भतिजको कुटपिटबाट ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ।

३१ वर्षीय न्यूसन राईको कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताए।

कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो। उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताए।

कुटपिट गर्ने न्यूसनलाई पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here