रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको अगुवाइमा बिर्तामोड–७ मा १०० फलफूलका बिरुवा रोपियो

0
110

झापा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको अगुवाइमा बिर्तामोड–७ मा १०० वटा फलफूलका बिरुवा रोपिएको छ । 
‘टु गेदर वी आर प्लान्टिङ फिप्टी थाउजेन्ट ट्री टुडे’ प्रोग्राम अन्तगरगत रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउन तथा इन्टर्याक्ट क्लब अफ देवभूमीद्वारा संयुक्त रुपमा फलफूलका विरुवा रोपिएको हो । बिर्तामोड नगरपालिका–७ स्थित वडा कार्यालय परिसरमा वृक्षा रोपण गरिएको थियो ।
बिर्तामोड–७ का वडाध्यक्ष अविरल कृष्ण खरेलको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जलि ठकुरी सिन्हको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सचिव रोशन बुढाथोकी, संस्थाका अध्यक्ष सन्तोष अग्रवाललगायत क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रममा वडा सदस्य लता बिस्वकर्मा, स्थानीय समाजसेवी, युवा प्रतिनिधि तथा अग्रजहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
वृक्षारोपण कार्यक्रमअन्तर्गत आप, लिच्ची, अम्बा लगायतका विरुवा रोपिएको थियो । सहभागीहरूले वातावरण संरक्षण, हरियाली विस्तार र जलवायु सन्तुलनमा टेवा पु¥याउने उद्देश्यले यस्तो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here