दशनामी समाज युवा समिति सुनसरीको नेतृत्व चयन, अध्यक्षमा तेजबहादुर पुरी

0
74

झापा । नेपाल दशनामी समाज युवा समिति सुनसरीको नेतृत्व चयन भएको छ । युवा समितिको दोस्रो सुनसरी जिल्ला अधिवेशनले तेजबहादुर पुरी (सन्तोष) को अध्यक्षतामा १५ सदस्यीय युवा समिति सर्वसम्मत चयन गरेको हो ।

युवा समितिको उपाध्यक्षमा प्रदीप पुरी, सचिवमा राजु गिरी, सह–सचिवमा गणेश गिरी र कोषाध्यक्षमा दीपक पुरी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्य सुप्रिया पुरी, कुशल गिरी, धनश्याम पुरी, राजेश बन, महेश बन, अर्जुन पुरी, कविन गिरी, शुुभकला पुरी, प्रकाश गिरी र सुवास बन चयन भएका छन् ।

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष तेजवहादुर पुरी, केन्द्रिय सल्लाहकार समितिका सदस्य खगेन्द्र गिरी, कोशी प्रदेश समितिका सल्लाहकार टीकाबहादुर बन, जिल्ला कार्य समितिका कार्यवहाक अध्यक्ष केशव पुरी, नेपाल दशनामी समाज इटहरी उप–महानगरपालिका समितिका अध्यक्ष डिल्लीराम गिरी, युवा समितिका केन्द्रिय अध्यक्ष अर्जुन गिरीलगायतले नव निर्वाचित युवा समितिका पदाधिकारी तथा कार्य समितिलाई शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here