बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको उर्जाशिल रामधुनी आमा समूहले सुपारीका उत्पादनलाई बजारीकरण गर्दै विक्रि वितरण शुरु गरेको छ ।
झापामा सुपारीको उत्पादन हुने र त्यसलाई ब्राण्डिङ गर्दै बजारमा ल्याएमा किसानको उत्पानले मुल्य पाउनुका साथै महिलाहरुले रोजगारी समेत प्राप्त गर्ने भएकाले प्रोडक्ट लञ्च तथा सहयोग कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
उर्जाशिल रामधुनी आमा समूहकी अध्यक्ष गंगा शिवाकोटी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सुपारी जोनका प्रमुख रविन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा, बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली,सिके चिनतन प्रतिष्ठानका उपाध्यक्ष सजेश शिवाकोटी, अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, एराई एभर स्कूलका प्रिन्सिपल खगेन्द्र मैनाली, स्मार्ट लेडी लाइन्स क्लबका अध्यक्ष यशोदा उप्रेती, नेपाल उद्यमशिल महिला संघ झापाका अध्यक्ष पार्वता खरेल बिमली, विराट भरत विस्श्रन्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, सुपारीखेती विकासका सदस्य नारायणप्रसाद रिजाल, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्का, एबीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै आतिथीहरुले उर्जाशिल रामधुनी आमा समूहले महिलाहरुलाई उर्जाशिल बनाउने काम गरे्को भन्दै प्रशंसा गरे । उनीहरुले झापामा उत्पादन हुने वस्तुलाई प्याकेजिङ गर्दैं बजारीकरणका लागि आफ्ना उत्पादनहरु बजारमा लैजादै गर्दा आफुहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । झापामा उत्पादन हुने अन्य उपादानलाई समेत कोसेली घर मार्फत उपभोक्ता सम्म गुणस्तरीय उत्पादन उ¥याउन सबैको साथ र सहयोग रहने अतिथीहरुले प्रतिबद्धता समेत जनाएका थिए ।

उर्जाशिल रामधुनी आमा समूहका उपाध्यक्ष विमला न्यौपानेले स्वागत गरेको कार्यक्रममा अध्यक्ष गंगा शिवाकोटी ढकालले संस्थाले हालसम्म गरिरहेको कामको विषयमा जानकारी गराउँदै सुपारीका उत्पादनलाई एउटा ब्राण्ड बनाएर बजारसम्म उर्जाशिल रामधुनी आमा समूहले ल्याउन सफल भएको बताइन् । उनले उर्जाशिल रामधुनी आमा समूहले गरेका कामले धेरै महिलालाई रोजगारीको सिर्जना गरेको उल्लेख गरिन् ।
कार्यक्रमको सञ्चालन उर्जाशिल रामधुनी आमा समूहका सचिव निरा न्यौपाने कट्टेलले गरेकी थिइन् । उर्जाशिल रामधुनी आमा समूहले सुपारीमा विभिन्न प्रकारहरु बजारमा ल्याएको छ ।































