स्तन क्यान्सर पीडित कमला दर्जीद्वारा सहयोगको अपिल

0
101

बिराटनगर,

स्तन क्यान्सर पीडित मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का घर भएकी कमला दर्जी उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र उपचार अभावमा मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगका लागि उनले अपिल गरेकी हुन् ।

उनका श्रीमान सानो तीनो काम गर्छन दुख: सुख खानलाई चलेकै थियो अन्य आम्दानीको स्रोत छैन । घरमा ३ छोरी र १ छोरा गरी ४ जना छन्। विपन्न कमलाको परिवारमा यति ठूलो विपत्ति आएपछि उनीहरू चिन्तित बनेका छन् ।

कमलाको स्तनमा लामो समयदेखि सानो गाँठो थियो । उनका अनुसार सोही गाठो क्रमशः बढ्दै गएको र पीडा हुन थालेपछि स्वास्थ्य संस्थामा जाँच गरेका थिए । स्वास्थ्यकर्मीले सो गाँठोका कारण स्तनमा क्यान्सर भएको हुन सक्ने भन्दै बिराटनगरस्थित कोशी अस्पताल जान सुझाएका थिए । अस्पताल भर्ना गरेको पछि क्यान्सर पुष्टि भएको थियो ।

अहिले बिराटनगर मै रहेको नोबेल अस्पतालमा उपचार गराईरहेकी कमलालाई डाक्टरले हरेक २१ दिनमा पछि गरेर ७ वटा केमु चढाउन पर्छ भनेका छन र अहिले बल्ल १ वटा केमु चढाईएको छ एक चोटी केमु चडउदा नै धेरै खर्च हुने रहेका घरमा एक सुक्को छैन स्तन क्यान्सर पिडित विकले भनिन् ।

‘डाक्टरले उपचारमा १५ लाख भन्दा माथि लाख पैसा तयार गर्नु भनेको भन्दै उपचारका लागि आर्थिक सहयोग कमलाले अपिल गरेकी छिन। क्यान्सर पिडित कमला दर्जीको नाममा रहेको एनसिसि बैंकको खाता नम्बर ००४५७५३३८२०११००१ सहयोगका लागि सबैसँग आग्रह गरेका छन ।

पिडित कमलाको नम्बर ९७६७१६७७६५ र उनका श्रीमान पुरुषोतम दर्जीको ९८१५३२९४७३ मा सम्पर्क गरि सहयोेग गर्न सक्ने सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here