कुवेतमा झापाका एक युवाको मृत्यु

0
426

शनिश्चरे ।

केही दिन अघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाका एक युवाको मृत्यु भएको छ ।

झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षिय युवा अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

करिव एक बर्षअघि वैदेशिक रोजगारका लागि कुवेत पुगेका अभिक्षितको कोठामा सुतैकै स्थान मृत्यु भएको उनका भिनाजु प्रदीप पुरीले जानकारी दिए । उनका अनुसार राजदुतावसमा जानकारीपछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ ।

ससुरा सन्तलाल सासु पदुमा गिरीसहित श्रीमान कुमार गिरीको मृत्युपछि हाल मेचीनगर–१० स्थित धुलावारीमा रहँदै आएकी बिना गिरीको एक मात्र छोरा अभिक्षित हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here