
महाकुम्भ मेला भन्ने बित्तिकै १२ वर्षको अन्तरमा लाग्ने मेला भन्ने बुझ्दछौं । हामी १२ वर्ष अगाडिको मेलामा पनि कालेम्पोङका सुन्दरसाथहरुसँग जाने अवसर मिलेको थियो । प्रयागराज इलाहवाद)को रमाइलो जसले देखेको, भोगेको छ उसले मात्र अनुमान लगाउन सक्दछ ।
यो पटक २०८१ को महाकुम्भ मेलामा धुलाबारीको टोली पनि जाने भन्ने थाहा पाएपछि मैले पनि इच्छा व्यक्त गरेँ । विभिन्न साथी सुन्दरसाथहरुले ठीक छ भनी टिममा सामेल गराउनुभयो । टिकटको जिम्मा जीवन सापकोटाले लिनु भयो । हाम्रो यात्राको दिन २०८१ पुस २६ गते तोकिएपछि हामी सामान्य तयारी पछि बिहान १९ बजेतिर बुधबारेबाट प्रस्थान ग¥यौं । हाम्रो पहिलो स्टेशन धुलाबारी गोपाल मेडिकल बन्यो । त्यहाँ पनि यात्रुहरु पर्खिएर हामी सबै जना आफ्नो कुम्ला कुटुरा च्यापेर सिलगडी जक्सनतर्फ लागियो ।
हाम्रो यात्रामा सहभागी यात्रीहरु कमला दाहाल, शिशिर दाहाल, सन्ध्या दाहाल, जीवन सापकोटा, गोमा सापकोटा, धर्म भट्टराई, केबल पोखरेल र पदमप्रसाद पोखरेल रहेका थियौं । जक्सनमा केही समय कुर्नु प¥यो । त्यही समयमा हामीले घरबाटै तयारी गरेर ल्याएका खाजा खाइ्यो । करिब पौष २६ गते कै दिनको ३ः४५ बजे रेल कुद्न शुरु ग¥यो । बस्ने सिटहरु केही साथीहरुको मिल्न बाँकी थियो ।
जाँदै गर्दा मिल्दै गयो । २७ गते रेलमै खानेकुरा खाएर हामी १०ः३० तिर प्रयागराज (इलाहवाद) उतारा झरियो । हाम्रो यात्राको नेतृत्व जीवन भाइलाई सुम्पेका थियौं । उहाँकै निर्देशनमा यात्रा प्रारम्भ भयो । हामी श्रीकृष्ण प्रणामी विश्व परिषदले लगाएको पण्डालमा पुग्यौं । बस्ने खाने प्रबन्ध अति नै सरल रुपमा प्राप्त भयो । एटेच बाथरुमका रुपमा पनि कोठाहरु थिए । हामी तिनै कोठाहरुमा बस्यौं । हामीले २०८१ पौष २८ गते नै शाही स्नान गरियो । हाम्रो भए भरका सामानहरु श्रीकृष्ण प्रणामी मन्दिर प्रयागराज (इलाहवाद)मा पु¥याएका थियौं । हामी जब हाम्रो पण्डालबाट फर्किएर हिँड्न शुरु ग¥यौं, तब शाही स्नानको दिन गाडी बन्द हुने भएकाले धेरै हिँड्नु प¥यो । हामीलाई यात्रामा अलि सकस भएको यहीँ मात्र थियो ।
महाकुम्भ मेलामा मानिसको भीड साधुसन्तद्वारा आगमन बनेका अखडाहरु सबै क्षेत्र हेर्ने भन्ने त कसैले पनि नसोचे हुन्छ । भेलाको लम्बाइ जम्मा ३० कि.मी. र चौडाई १० कि.मी. फैलिएको एरिया रहेछ । हरेक अखडामा खानीपानीको व्यवस्था छ । खाना खान जानु चाहिँ प¥यो । सरसामानहरु पनि सस्ता सस्ता किन्न पाइने रहेछन् । माल चाहिँ आफूले चिन्नु प¥यो । नत्र ठगाइमा पनि परिँदो रहेछ । हामीलाई गुरुजी १०८ महोनप्रियाचार्यजी महाराज र श्री राजदासजी महाराजको कथा सुन्ने मौका मिल्यो । बेलाबखतमा पानी पनि पर्ने रहेछ । बालुवामा पराल छिरोले पछि हिँड्डुल गर्दा बालुवा नटाँसिने रहेछ । हाम्रो अखडामा पनि बिहान नास्ता खाना र बेलुका खानाको व्यवस्था राम्रो थियो । हामीले पनि काममा सहयोग ग¥यौं ।
हामीलाई त्यहाँको सुरक्षा व्यवस्था अति भरपर्दो लाग्यो । एउटा जिल्लाकै रुपमा पानी बत्तीको व्यवस्थापन मिलाइएको रहेछ । तर पनि सबै व्यवस्थापन बारेमा हामीले भारतबाट सिक्न सक्छौं । किन भने त्यस्तो व्यवस्था गर्न सक्ने आँट र जनशक्ति नेपालमा छैन भन्ने लाग्छ मलाई ।
महाकुम्भको एरियामा प्रवेश गरेपछि हरेक बाटोमा फलामका पाताहरु बिछ्याएको थियो । सामान कहाँबाट ल्याएको, कसरी व्यवस्थापन मिलाएको भन्ने कुरा नै महान् छ । हरेक चोक, हरेक सेक्टर नम्बर थाहा हुन जरुरी थियो । सेक्टर नं. थाहा भएन भने दिनभरिनै घुमाइ भइरहन्छ । नभए गन्तव्यमा पुग्न सकिँदैन थियो । प्रहरीको व्यवहार पनि मनन योग्य थियो । किन भने हाम्रो फर्किने दिन सबै यात्रुमध्ये हिँड्ने क्रममा म कमजोर देखिए । त्यस हिँड्ने क्रममा हामी प्रहरीको सहयोग लिएर मोटर साइकलमा यात्रा ग¥यौं ।
मलाई सहयोग गर्ने व्यक्तिको व्यवहार अति नै शालीन थियो । श्रीमतीजीलाई पनि अर्को मोटर साइकलमा सहयोग मागेर साथीहरुले पठाए छन् । म धेरै अगाडि पुगेँ । श्रीमतीजी पुलको मुखमा नै उत्रिनु भएछ । पछि आउने साथीहरुसँग भेट भएर हामी श्रीकृष्ण प्रणामी मन्दिर प्रयागराज (इलाहवाद) पुग्यौं । सबैले भोजनको व्यवस्था गरियो, त्यसै दिन हाम्रो फिर्तिको टिकट भएकाले प्रयागराजबाट फिर्ता आइयो । समग्रमा यात्रा फलदायी र सुखद् रह्यो ।



























