वाईसीएलद्वारा बिर्तामोड बसपार्कमा वृक्षारोपण

0
89

बिर्तामोड । वाईसीएल नेपालले झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा वृक्षारोपण गरेको छ । श्रम तथा उत्पादनमा वाईसीएल अभियान अन्तर्गत उनीहरुले वृक्षारोपण गरेका हुन् । बसपार्क वरपर करिब ५ सय सयपत्री फुलका विरुवा, ४० वटा गमलामा अन्य फुलका विरुवा र करिब ३०० अन्य रुखका विरुवा रोपिएको कार्यक्रमका वाईसीएल झापा उपाध्यक्ष उपेन मेन्याङ्बो लिम्बुले जानकारी दिए । संगठनको केन्द्रीय नीति अनुसार श्रमसँग जोडिएको र बसपार्कको हरियाली तथा सुन्दरता बढाउन फुलका विरुवा, भाइरल सिरिश लगायतका विरुवा रोपिएको कार्यक्रमका प्रमुख अतिथी तथा वाईसीएल नेपालका केन्द्रीय उपमहासचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज कुमार आचार्यले जानकारी दिए ।

वाईसीएल नेपालको जिल्ला कमिटी झापा र नगर कमिटि बिर्तामोडको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वाईसीएल नेपाल झापा इञ्चार्ज निशान रोक्का, केन्द्रीय सदस्य जोन बुढाथोकी, जिल्ला उपाध्यक्ष विनोद नेम्बाङ, बुद्धशान्ति अध्यक्ष पंकज शेर्पा, माओवादी केन्द्र बिर्तामोड अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष शुसिला पाण्डे, सचिव जगन्नाथ भट्टराई, अनेम संघ क्रान्तिकारी बिर्तामोड अध्यक्ष सन्ध्या मास्केलगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । वाईसिएल बिर्तामोड अध्यक्ष सेवन दर्नालको अध्यक्षतामा सम्पन्न कार्यक्रम माओवादी केन्द्र अर्जुनधारा ११ का वाड उपाध्यक्ष विक्रम राईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here