बाणिज्य संघले आगलागी पीडितलाई बाढ्यो ‘व्यवसायिक राहत कोष’

0
65
मेचीनगर,  मेची उद्योग बाणिज्य संघले पसल आगलागी भएर क्षति भएका दुई जना व्यवसायीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको छ ।
संघले आइतबार मेचीनगर–१० स्थित अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोइबहादुर पोखरेल र मेचीनगर–१४ स्थित अधिकारी एग्रो भेट्सका सञ्चालक आशिष अधिकारीलाई व्यवसायिक राहत कोषको रकम वितरण गरेको हो ।
अस्मिता पाउरोटी उद्योगका सञ्चालक पोखरेलले ३० हजार र एग्रो भेट्सका सञ्चालक अधिकारीले ४० हजार रुपैयाँ नगद पाएका छन् ।
संघका अध्यक्ष खेमराज प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, कार्यसमिति सदस्यहरु सन्तोष खवास, मानबहादुर कटुवाल, तीलक विक, कार्यकारी निर्देशक गोपाल वस्नेत, नेपाल ह्याचरी व्यवसायी सुवोध निरौला, स्थानीय व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।
व्यवसायिक राहत रकम वितरण कार्यक्रममा अध्यक्ष प्रसाईले व्यवसायीहरुको पसल पसलमा पुगेर राहत वितरण गरिएको बताए । कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक वस्नेतले गरेका थिए ।
एग्रो भेट्समा २०८१ चैत ५ गते र अस्मिता पाउरोटी उद्योगमा २०८२ जेठ १२ गते आगलागी भएको थियो ।
संघले यसअघि पसलमा आगलागी भएका १० जना व्यवसायीलाई प्रकृति हेरेर व्यवसायिक राहत कोषको रकम वितरण गरिसकेको छ ।
यसअघि २०७१ सालमा मेचीनगर–१० का फेशन टेलरिङ्ग हाउसका सञ्चालक मोहमद अलाउद्दिन र मेचीनगर–६ का युगल ट्रेडर्सका सञ्चालक गणेशप्रसाद दाहाललाई जनही १० हजार, २०७२ सालमा मेचीनगर–१० का किरण किराना पसलका सञ्चालक दिलिप साहलाई ६५ हजार र मेचीनगर–९ का शिला शेलर मिलका सञ्चालक कान्तिदेवी चौधरीलाई ७५ हजार, २०७५ सालमा मेचीनगर–१० का न्यु ममता फुडप्रवरका सञ्चालक नरेन्द्रकुमार तामाङलाई ५१ हजार, हरि इन्पेक्सका सञ्चालक सीताराम पोद्धारलाई ५० हजार, मेचीनगर–९ का मा पाथिभरा काष्ठ उद्योगका सञ्चालक चन्द्रकुमार खड्कालाई ५० हजार र प्रदान गरिएको छ ।
यस्तै २०७६ सालमा मेचीनगर–१० का जमुना मेडिकल स्टोरका सञ्चालक उमानाथ सुवेदीलाई ७० हजार, २०७७ सालमा मेचीनगर–१० का दिलसान कपडा प्रशोधन केन्द्रका सञ्चालक अमरुल मियाँलाई ३० हजार, २०७९ सालमा मेचीनगर–१० का न्यु पाथिभरा भेराइटीका सञ्चालक ज्योती कोइरालालाई एकलाख १० हजार रुपैयाँ प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी संघले मेचीनगर–१० स्थित शिवशंकर फुडर्सका सञ्चालक वीमीत चुमन सहनीको २०८२ बैशाख २५ गते निधन भएकोले २०८२ असार ११ गते मृतकका पत्नी उषादेवी र भाइ शिवशंकर सहनीलाई व्यवसायी बीमा कोषबाट नगद एक लाख रुपैयाँ प्रदान गरिएको कार्यकारी निर्देशक वस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here