झापा,हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँईलाई विजयी गराउन अपिल गरिएको छ ।
गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन बजगाई परिवारले अपिल गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्मयनका हजुर बुवा कृष्णप्रसाद बजगाँईले आगामी शुक्रवार र शनिवार हुने फाइनल प्रतियोगिता हुने र गायनसंगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरेका हुन् ।
स्मयनलाई विजय गराउन भोटको आवश्यक पर्ने भएकाले उनलाई भोट गर्न सप्तक संगीतालय बिर्तामोडकी सञ्चालक आकृति खतिवडाले आग्रह गरेकी छिन् ।
स्मयन गायकीमा अब्बल रहेको बताउँदै खतिवडाले स्मयनलाई कार्यक्रमको नियम अनुसार भोट दिएर जिताइदिन आग्रह गरिन् ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्मयन बिर्तामोडकै उज्ज्वल नक्षत्र भएकाले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरे । उनले बिर्तामोडका व्यवसायी मनोज बजगाईका छोरा समेत भएकाले उनलाई जिताउन सबै व्यवसायी भोट गर्न आग्रह गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा काका वीपिन बजगाँईले स्मयनले सानै उमेरमा गायन क्षेत्रमा राम्रो गरेको भन्दै उनलाई थप सफलताका लागि भोट गर्दै बिजेता बनाउन आग्रह गरेका छन् ।
बिर्तामोड स्थित न्यूटन्स एजुकेशन एकाडेमीका बिद्यार्थी रहेकाले बिद्यार्थी तथा न्यूटन्स परिवारलाई स्मयनलाई भोट गर्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी श्रीकृष्ण प्रणामी सेवा समिति कोशी प्रदेश सदस्य अनिल ढुङ्गाना, श्री कृष्ण प्रणामी युवा परिषद केन्द्रीय उप महासचिव तथा प्रणामी व्यवसायी संघ झापाका अध्यक्ष टहलदास ओली, देवचन्द्र सदन युवा परिषद् बिर्तामोडका अध्यक्ष दिनेश भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य डिल्लीराम कोईराला, केदार खनाल , व्यवसहयीहरु बिदुर खनाल, रोहित बजगाई, लगायत रहेका थिए ।






























