विराटनगर ।

झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित पाँच जना पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई तीन ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश बिश्वकर्मा र दिवस राईलाई दुई किलोग्राम गाँजासहित पक्राउ गरेको छ ।































