झापा , नेपाल राष्ट्रिय मारवाडी महिला संगठनले स्थापना गरेको नेपाल मारवाडी महिला कल्याण अक्षयकोष वृद्धिमा रकम सहयोग पु¥याउने दातालाई सम्मान गरिएको छ । 
नेपाल राष्ट्रिय मारवाडी परिषद् अन्तरगत रहेका महिला संगठनले दातालाई समाज सेवा सम्मान प्रदान गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका मारवाडी महिलाहरुको जीवस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा सहयोग पु¥याउने दातालाई समाज सेवा सम्मान प्रदान गरिएको संगठनकी अध्यक्ष निर्मला जोशीले जानकारी दिइन् ।
समाजसेवा सम्मान अन्र्तगत सुरेश कुमार ‘भद्रपुरे’ – माया अग्रवाल, अशोक– शीला धानुका, जगदीश – विमलादेवी मिण्डा, दिनवन्धु– उमादेवी गोयल, शरद – डिम्पल जोशी, कुशुम गोयल, बिर्तामोड मारवाडी महिला मञ्चलाई सम्मान प्रदान गरिएको नेपाल राष्ट्रिय मारावडी महिला मञ्चकी केन्द्रीय सदस्य नितु सोमानीले जानकारी दिइन् । बिर्तामोड मारवाडी महिला मञ्चलाई प्रदान गरिएको सम्मान पत्र निर्वतमान अध्यक्ष रिता चित्लाङ्गिया सहितले पत्र ग्रहग गरेका थिए ।
नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सचिव उमेश डालमियाको प्रमुख आतिथ्य तथा परिषद्का सल्लाहकार वेदप्रकाश अग्रवालको विशेष आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डालमिया सहित विशेष अतिथि अग्रवाल, सम्मानित व्यक्तित्व सुरेश कुमार अग्रवाल भद्रपुरे, परिषदका केन्द्रीय सदस्य अरविन केजरिवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय मारावडी महिला मञ्चकी केन्द्रीय सदस्य दिपा खेडियाको संयोजनमा भएको कार्यक्रममा स्वागत सहित कोष स्थापनाको उद्देश्य र कोषमा हालसम्म भएको रकमका विषयमा संगठनकी अध्यक्ष निर्मला जोशीले जानकारी गराएकी थिइन् ।
मारवाडी सेवा समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन संगठनकी सचिव अनु जैनले गरेकी थिइन् ।
यसैबीच सारिका अग्रवालको भजन संग्रह तेरा तुझको अर्पण विमोचन गरिएको थियो । सारिकाको यो दोस्रो कृति हो ।






























