पथरी शनिश्चरे ।

पूर्वी मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको श्री रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा १२ को पथरी शनिश्चरे नगरक्षेत्रमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ।
सोमबार साँझ प्रकाशित भएको कक्षा १२ को नतिजामा रेडस्टार माध्यमिक विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै विगत ७ वर्षदेखि पूर्वी मोरङकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको हो।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ वैशाखमा सञ्चालित उक्त परीक्षामा व्यवस्थापन समूह लगायत सबै समूहमा पथरीशनिश्चरेमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी एन तिम्सिनाले जनाउनु भएको छ।
रेडस्टार मा।वि।का चन्दन शाह (३.९६जिपिए), प्रबिन कट्टेल (३.९६ जिपिए), मनिषा पोख्रेल (३.९२ जिपिए),प्रमिश रिजाल (३.९२ जिपिए), प्रकाश राजभण्डारी ( ३.८२ जिपिए) ले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्।































