पाँच दिन देखि हराइरहेका पाँचथरका दाजु-बहिनी मृत फेल

0
76

पाँचथर,

पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिन देखि हराइरहेका बालबालिका मृत फेला परेका छन्। हराइरहेका दाजु बहिनी विरुवा खोला किनारमा मृत फेला परेका हुन्।

शुक्रवार विद्यालय हिडेका उनीहरु हराएका थिए। विरुवा खोला मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकिले जानकारी दिए।

१० बर्षीय शिशिर राई र उनको बैनी ५ बर्षीय नानुमा राइको शव फेला परेको हो। विद्यालय हिँडेका उनीहरु हराएपछि खोजी कार्य गरिएको थियो। बैनीको केहि तल र दाजुको केहि माथि खोला किनारमा शव भेटिएको हो।

केहि दिन देखि प्रहरी र स्थानिय खोजिमा खटिएका थिए। शव पोस्टमार्टमा लागि फिदिम ल्याइँदैछ । उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययानरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here