कमल ।

झापाको कमल गाउँपालिका २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय वातावरण मत्री बन्दै गईरहेको छ ।
रमणिय वातावरणमा गुणस्तरीय शिक्षा भन्ने नाराका साथ अगाडी बढेको यस विध्यालयमा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिको शिक्षक र सरोकारवालाको श्रमदानका कारण विद्यालय वातावरण मत्री बन्दै गएको हो ।
विद्यालयलाई वातावरण मन्त्री बनाउन बिध्यालय व्यवस्थापन समितिको अगुवाईमा वडा नं २ का अध्यक्ष अशोक सुब्बा लगायत जनप्रतिनीधी, शिक्षक, अविभावक र सरोकारवाला लगायतले हरेक शनिवार श्रमदान गरेकै कारण विध्यालयको बातावरण फेरिदै गएको व्यवस्थापन समितिका अध्यक्ष पवन राईले बताए ।

विध्यालयलाई वातावरण मैत्री बनाउन विध्यालय परिषरमा वृक्षारोप गर्नुका साथै विभिन्न जातका फुल रोप्ने कार्य समेत सम्पन्न भएकोछ । विद्यालय व्यवस्थापन समिती,शिक्षक तथा विध्यार्थीको जन्मदिनको अवसरमा एउटा फुलको विरुवा रोप्ने नियमले समेत विध्यालय वातावरण मत्री बन्दै गएको विध्यालयका प्रधानाध्याक बालकृष्ण सौंग्रौलाले बताए ।
विद्याालमा कक्षा कोठाका साथै बाहिरी बातावरणले समेत विध्यार्थीको पठनपाठनलाई धेरै प्राभाव पार्ने गर्दछ । जसका कारण २०८१ सालको एसईई परिक्षामा यस विध्यालयले ९७ दशमलव ६६ प्रतिशत विद्यार्थी उत्रीण गराउन सफल भएको थियो ।































