ब्राउन सुगरसहित सात जना पक्राउ

0
35

विराटनगर ।

सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ मा लागूऔषध बेचबिखन भईरहेको छ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र दुई लाख ५६ हजार नेपाली रुपैँया सहित कोशीगाउँपालिका–४ का ३४ बर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ बर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा–४ बाट बराहक्षेत्र नगरपालिका–२ का २० बर्षीय रमेश बस्नेतलाई एक ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

यता झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका–७ का ३२ बर्षीय बिजय मगर, अर्जुनधारा–३ का जिवन चौलागाई र अर्जुनधारा– ४ का २४ बर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई चार सय मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका–५ का २४ बर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here