नेपाल शैक्षिक परामर्स संघ ( इक्यान) परामर्श दातृ व्यवसायीहरुको छाता संगठन हो । २०५४ सालमा स्थापना गरिएको यस संघले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई परामर्श दिने गरेको छ । पर्याप्त ज्ञान हासिल नगरी नेपाली विद्यार्थी विदेशमा अध्ययनका लगि जाँदा विभिन्न समयमा धेरै नेपालीले दुःख पाएको समाचार सार्वजनिक भएपछि १८ वर्ष अगाडि यो संघको स्थापना भएको थियो । सिमित केही व्यवसायीले यो संघको स्थापना गरेपनि अहिले यो संघमा झण्डै तीन सयको हाराहारीमा व्यवसायिहरु आवद्ध रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयसंग सहकार्य गरेर यो संघले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गरेर उनीहरुका अभिभावकलाई समेत परामर्श दिने कार्य गर्दै आएको छ । पछिल्लो समय नेपालका धेरै विद्यार्थी विदेश पढ्न जान उत्साहित छन् । उनीहरुले अझैंपनि सहजरुपमा परामर्श नपाएर विदेशमा सम्वन्धन नै नभएका विद्यालयमा अध्ययनका लागि एप्लाई गर्ने गरेका छन् । दिनानु दिन शैक्षिक माफियाले नेपाली विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर त्यस्ता विद्यालयमा अध्ययनका लागि एप्लाई गर्न लगाएर मोटो रकम कुम्ल्याई रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयसंग नोअव्जेक्सन लेटरलिएर वर्षेनी २५ हजार विद्यार्थी विदेशमा अध्ययनकालागि जाने गरेको तथ्याङ्कमा उल्लेख भएपनि त्यत्ति नै संख्यामा भारत लगायतका विभिन्न कलेजमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् । यसै सन्र्दभमा इक्यानका महासचिव तथा कङ्गारु एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक महेशवावु तिम्सिनासंग पूर्वाञ्चलकर्मी सुरेन्द्र भण्डारीले गरेको कुराकानीको सार संक्षेप ।
महेशवावु तिम्सिना महासचिव– इक्यान
नेपाल शैक्षिक परामर्स संघ (इक्यन) ले अहिले के गरिरहेको छ ?
परामर्श दातृ व्यवसायीहरुको छाता संगठन हो इक्यान । यो संघले विशुद्धरुपमा विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई परामर्श दिने गर्छ । नेपाल सरकार शिक्षा मन्त्रालयसंग सहकार्य गरेर हामी अहिले त्यही काम गरिरहेका छौं । यो संघमा तीनसय भन्दा वढी व्यवसायिहरु आवद्ध छन् । उनीहरु सवैको काम भनेको विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिनु नै हो । देशका हरेक ठाउँका विद्यार्थीमा अहिले वैदेसिक शिक्षाको मोह छ । जसका कारण यहाँका धेरै विद्यार्थी विदेश पढ्न जाने गरेका छन् र उनीहरुलाई सुरक्षित रुपमा अध्ययनको वातावरण मिलाउने र विदेश पढ्न जाने अवस्था सममम्मको सम्पूर्ण कागजात तयार परेर उसलाई विदेश जाने इन्भारमेन्ट मिलाउने काम गरिरहेका छौ । अनि हामी व्यवसायिको छाता संगठन भएकाले ति व्यवसायिको हक हितका क्षेत्रका काम त छदै छ ।
तथ्याङ्क छ तपाईहरुसंग वार्षिक कति विद्यार्थी विदेश पढ्न जाने गरेका छन् ?
ठोस तथ्याङ्क सरकारसंग पनि छैन । किनभने नेपाल सरकार शिक्षा मन्त्रालयबाट वार्षिक झण्डै २५ देखि ३० हजारको हाराहारीमा विदेश पढ्न जाने भनेर विद्यार्थीले नेअब्जेक्सन लेटरलिन्छन् । लेटर लिएका सवैजना विदेश पढ्न जाँदैनन् । सरकारसंग वार्षिक २५ हजारको हाराहारीमा विदेसिने तथ्याङ्क छ त्यसलाई आधार मानेपनि भारत जाने विद्यार्थीको संख्या पनि उत्तिकै छ । शिक्षा मन्त्रालयको तथ्याङ्कलाई आधारमान्ने हो भने सबैभन्दा वढी विद्यार्थी अध्ययनका लागि जापान जाने गरेका छन् । जापान जस्तै भारतमा पनि विद्यार्थी पढ्न जान्छन् तर अनीहरुको यकिन तथ्याङ्क सरकारसंग छैन । मलाई के लाग्छ भने वर्षेनी नेपालबाट ४५ देखि ५० हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि वाहिर जाने गरेका छन् ।
यो व्यवसायमा तपाईहरु नेपामा मात्र नभएर विदेशसंग पनि ठोकिनुभएको छ समग्रमा भन्दिनुहोस् न यहाँहरुले कसरी काम गरिरहनुभएको छ ?
मैले अघिपनि भनिसके नेपाल सरकार शिक्षा मन्त्रालयसंगको को अडिनेशनमा हामी काम गरिरहेका छौ । विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने भन्ने वित्तिकै हामी विदेमा पनि ठोक्किएको कुरा मैले भनिरहनु पर्देन । विभिन्न मुलुकका विभिन्न विद्यालयसंग हाम्रो प्रत्यक्ष सम्पर्क हुन्छ र कहा के कस्तो अध्ययन हुन्छ त्यसवारे हामीले पूर्ण रुपमा जानकारी पनि लिएका पनि हुन्छौं । सोही जानकारीका आधारमा हामी उनीहरुलाई त्योविद्यालयमा हामी सिफारिस गछौं । त्यहाँको रहनसहनदेखि लिएर सम्पूर्ण कुराको वारेमा हामी विद्यार्थीलाई परामर्शका क्रममा भन्छौ । विदेश अध्ययनका लागि जाने भन्ने वित्तिकै सबैकुरा आफैं मिल्दैन त्यसलाई मिलाउनुपनि पर्छ । विदेश जाँदा के कस्ता कगजात चाहिन्छ त्यो सवै बन्दोवस्त हामी मिलाउँछौ । त्यत्तिमात्र नभई विद्यार्थीले त्यहाँको अवस्थाको वारेमा जान्न चाहे त्यो समेत हामी यहीबाट उहीका व्यक्तिसंग सम्पर्क पनि गराउछौं । अव कुरा रह्यो भिषा प्रोसेसिङको । त्यसका लागि विभिन्न मुलुकका राजदुतसंग हाम्रो कोअडिनेशन हुन्छ । कुन मुलुकमा जाँदा कसरी र के कस्ता डकुमेन्ट तयार पर्नु पर्ने हो त्यसका वारेमा जानकारी लिन्छौं र सोही अनुरुप विद्यार्थीलाई अध्ययनकालागि विदेश जाने वातावर सहज रुपमा श्रृजना गछौं ।
अर्काे काम भनेको हामी एड्भोकेसीको पनि काम गर्छाैं । केही समयअघि मात्रै यहीका केही व्यक्तिले यो देश र त्यो देशका कलेजमा पढ्न यति र उती खर्च लाग्ने भन्दै धेरै नेपाली विद्यार्थीलाई ठगेको अवस्था छ त्यस्तो हुनबाट बचाउने हाम्रोअभिप्राय हो । कोही पनि पढ्न जानेवहानामा नठगिउन हामी यही चाहान्छौ । हामी सवैलाई अवारनेश गर्दै भन्छै तपाई अध्ययनका लागि विदेश जान चाहादै हुनुहुन्छ भने वुझेर मात्र विदेश जाने मनस्थिति बनाउनुहोस । केही समय अघि ठगीका घटना तपाइले पनि सुन्नु नै भएको हो । त्यसलाई रोक्न हामी लागि परेकै छौ । जसका लागि हामी शिक्षा मन्त्रालय र गृह मन्त्रालयसंग सहकार्य गरेर अघि बढिरहेको अवस्था रहेपनि कुनै वहानामा तपाइलाई झुक्याउलान चनाखो बन्नुहोस् ।
खर्चको कुरा पनि गरौ न । नेपालबाट शिक्षाका नाममा धेरै पूँजी पलायन भइरहेको छ । पलायन भएको पूँजी फेरि नेपाल फर्किएलाकि नफर्किएला यकिन छैन । किनकि अधिकांशले आफ्नो पढाई पुरा गरेपछि नेपाल आउनुभन्दा उतै बस्न रुचाउछ । यसले गर्दा वार्षिक कति पूँजी पलायन हुन्छ त ?
नेपाल सरकारको शिक्षा मन्त्रालयबाट नोअव्जेक्सन लेटर लिएका व्यक्तिले कुनै पनि कमर्सियल वैकबाट आफ्नो ट्युसन फि वरावरको रकम वाहिर ट्रान्फर गर्नु पर्छ । त्यो ट्युन फि १० हजारदेखि १५ हजारसम्म डलर हुन जान्छ । जुन प्रति व्यक्ति हो । अब तपाई आफैं भन्नुहोस् वार्षिक कति पूँजी विदेश पलायन भएरहेको छ । हामी आफैंपनि अहिले अलमलमा परेका छौं । यतिसम्मकि वार्षिक कतिपूँजी विदेश पलायन भएको छ त्यो नेपाल राष्ट्र वैंकलाई पनि थाहा हुँदैन । अब कुरा रह्यो पूँजी पलायनको । सवै पूँजीलाई पलायन भएको भन्न मिल्दैन । धेरै मानिस विदेशमा पढेर फर्किएर पनि छन् । तर विडम्वना विदेश पढेर आएको मानिस यहाँ आएपछि फ्रस्टेड हुन्छन् । नेपालमा लगानी मैत्री वातावरण भएन । सरकारको पोलिसी पनि स्पष्ट छैन । विदेशमा पढेर आएको मान्छेलाई उच्च प्राथमिकताका साथ कुनै नयाँ कामका लागि प्रोत्साहन गर्ने हो भने यहाँ प्रसस्त सम्भावन छ । तर नेपालमा त्यस्तो वातावरण नहँदा धेरै मानिस उतै बस्न रुचाउँछन् । नेपालको शिक्षा पद्दतिलाई सवैले दोष दिएर विदेसिदा दक्ष जनशक्ति विदेश पलायन भएको चौतर्फि यहाँहरले सुनिरहनु भएकै होला । अहिले त्रिभूवन विश्व विद्यालयमा वषौैंपछि सेमिस्टार प्रणाली लागू भएको छ जवकि संनसारबाट संसारबाट यो प्रणली हटिसकेको छ । यो भएरपनि नेपाली अध्ययनका लागि विदेसिने गरेका छन् । यसर विदेसिदा पूँजी त पलायन हुन्छ नै ।
यहाँ आफैंपनि कङ्गारुको सञ्चालक हुनुहुन्छ यो चाही कस्तो संस्था हो र यसले अहिले के गरिरहेको छ ?
कंगारु हामीले सन २००७मा स्थापन गरेको वैदेसिक परामर्श प्रदान गर्ने संस्था हो । यो नामबाट पनि थाहा हुन्छ कि यो अष्ट्रेलियाको राष्ट्रिय जनावर हो । सुरुमा हामीले अस्ट्रेलिय विद्यार्थी पठाउन सुरु ग¥यौ र अहिले विस्तारै सबै तिर विद्यार्थी पठाइरहेका छौं । विद्यार्थीलाई परामर्श दिने संस्थाको रुपमा मात्र यसलाई विकास नगरी सान २००९बाट विद्यार्थीलाई न्यूजिल्याण्डा, युरोपियन कन्ट्री पठाउन विद्यार्थीलाई परामर्श दिएका छौं । पछिल्लो समय क्यानडामा पनि विद्यार्थीको रुची देखेर हामीले त्यहाँको पनि काम गरिरहेका छौ र भाषाका तयारी कक्षा पनि सिकाइरहेका छौं । समग्रमा हाम्रो काम भनेको परामर्श, भाषा शिक्षण र तयारी कक्षा नै हो ।
कङ्गारुका वारेमा कसैले केही जान्न चाहे कसरी थाहा पाउने ?
समग्र रुपमा कङ्गारुका वारेमा जान्न चाहे पूर्वाञ्चलमा गत वर्षवाट हामीले शाखा सञ्चालन गरेका छौं । त्यहाँवाट पनि जानकारी लिन सक्नुहुन्छ । जसको अफिस बिर्तामोडमा छ । अनि कसैले सिधै केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क नम्वर बिर्तामोडमा रहेको कङ्गारु एजुकेशन फाउण्डेशनमा गए यहाँले त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ । काठमाडौको पुतली सडकमा हेड अफिस रहेको कुरा पनि यहाँ मार्फत सबैलाई जानकारी दिन चाहान्छु । त्यस्तै पोखरा, चितनव, वुटवल,र काठमाडौको पनि चावाहेलबाट जानकारी लिन सक्नुहुन्छ ।
अन्त्यमा
पूर्वाञ्चललाई हामीले शैक्षिक हवको रुपमा हेरेका छौं त्सयमाथि पनि झापा ज्यादै अगाडि रहेको मैले पाएको छु । यहाँका स्थानीयको चेतना स्तर ज्यादै राम्रो छ । यहाँको आवश्यकताई थप परिपूर्तिका लागि कङ्गारु यहाँ आएको छ । पक्कैपनि हामीलाई साथ सहयोग दिनु नै हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।