उदयपुर । 
उदयपुरमा जन्मदिन आर्थत ‘बर्थ डे पार्टी’ को भोज खाँदा उदयपुरमा २७ जना बिरामी परेका छन्।
बिहीबार बेलुका त्रियुगा नगरपालिका–७ नमुना चौकस्थित जितेन्द्र राईको घरमा आयोजना गरिएको ‘बर्थ डे पार्टी’मा सहभागी स्थानीयहरू अचानक बिरामी परेका हुन्।
भोज खाएका व्यक्तिहरूलाई झाडापखाला र बान्ता भएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।
बिरामी पर्नेमा तीन जना पुरुष, ११ जना महिला, पाँच जना बालक र आठ जना बालिका रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























