बिराटनगर,

पूर्वकै चर्चित लोक तथा दोहोरी गायिका गंगा गौतम आचार्यले यस पालिको तीजको कोशेली नक्कल पार्ने बानी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
महिला दिदीबहिनीहरुको महान चाड तीज नजिकिँदै गर्दा बजारमा तीज झल्काउने गीतहरु पनि एकपछि अर्को आउने क्रम चलिरहेको छ । सांस्कृतिक चाड तीजको अवसर पारेर बजारमा तीजका कोसेली ल्याउने क्रममा गायिका गंगा गौतम आचार्यले नयाँ तीज गीत ‘नक्कल पार्ने बानी’ सार्वजनिक गरेकी छन् ।
यासु थापाको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको उक्त गीतमा गंगा गौतम आचार्यको स्वर रहेको छ। यस गीतको संगीत संयोजक राजु कार्कीले गरेका छन् भने ट्रीबेनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । गीतको निर्देशक तथा कोरियोग्राफर सुमन सागर जंग केसीले गरेका हुन्।
आफ्नै यूट्यूब गंगा गौतम आचार्य मार्फद सार्वजनिक भएको हो। तीजको मौलिक गीतहरु हराउँदै गएकोले टिपिकल तीजका गीतहरु कस्ता हुन्छन् भन्ने नयाँपुस्ताले नबिर्सुन भनेर नै आफूहरुले यस्तोगीतको सिर्जना गरेको गायिका आचार्यले बताइन्। उनले यस पटक पनि विगतका बर्षहरु झैँ तीजको मौलिक गीत बजारमा ल्याएको भन्दै हेरेर प्रतिक्रिया दिन दर्शक श्रोताहरुलाई अनुरोध गरेकी छिन्।


























