स्वतन्त्र नागरिक समाजको पहलमा भजन कीर्तन सामग्री हस्तान्तरण

0
117

बिराटनगर,

जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर स्वतन्त्र नागरिक समाजले मोरङको सुन्दरहरैँचा–१० मा रहेको पाथिभरा भजन समूह तथा हिमालय जीवन विज्ञानलाई भजनका सामग्रीहरू हस्तान्तरण गरेको छ।

स्वतन्त्र नागरिक समाजका अध्यक्ष नेत्र प्रसाद चम्लागाईंको नेतृत्वमा पाथिभरा भजन समूह तथा हिमालय जीवन विज्ञानलाई १ वटा हार्मोनियम स्ट्यान्ड, १ वटा मादल, १ वटा टर्चलाइट, १ वटा पेन ड्राइभ र १ वटा वुफर (स्पीकर) हस्तान्तरण गरिएको हो।

सामग्री हस्तान्तरण गर्दै अध्यक्ष चम्लागाईंले पाथिभरा भजन समूहले संस्कृतिको संरक्षणको लागि थप बढ्ने बिश्वास व्यक्त गरे। कार्यक्रममापाथिभरा भजन समूहकी अध्यक्ष उमा सेडाँई,इन्द्रपुर भजन सञ्जालका सचिव परमात्मा ओझा, स्वतन्त्र नागरिक समाजकी सहसचिव तारा श्रेष्ठ,सदस्यहरु धनबहादुर बस्नेत र अर्जुन भुजेल लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here