दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण

0
83

बैतडी,

जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिता दिएको छ । हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय रु दुई करोड ४८ लाखमा नयाँ निर्माण गरिएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भन्नुभयो, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”

यस्तै, गाउँपालिका भवन रु एक करोड ३० लाखमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ ।

इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here