छोरा भेट्न हिँडेका आमाको स्कारपियो दुर्घटनामा मृत्यु, बुबा घाइते

0
78

रामेछाप,

रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

आइतबार बिहान मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट बीएसी ९४६३ (बा १३ च ३९३५ पुरानो) नम्बरको स्कारपियो खस्दा मन्थली नगरपालिका–१ की राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा स्कारपियोका चालक एवम् श्रीमान उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गरेपश्चात धुलिखेल अस्पतालमा रेफर गरिएको छ।

उनको अनुहारमा चोट लागेको छ। प्रहरीका अनुसार स्थानीय र सुरक्षाकर्मीको सहयोगमा भीरबाट महिलाको शव निकालिएको छ। उनीहरू मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै थिए। गाडीमा दुई जनामात्र सवार थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here