कनकाईबाट अवैध सखुवा जातको काठ बरामद

0
121

झापा ।

झापाको कनकाईबाट प्रहरीले अवैध सखुवा जातको काठ बरामद गरेको छ ।

तस्करहरूले लैजाँदै गरेको करिब ८ किवी सखुवा काठ प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले गएराति १ः३० बजे कनकाई नगरपालिका–४ को त्रिवेणी टोलमा कोटीहोमबाट टेक्रा जाने बाटोको छेउ झाडीबाट सो काठ बरामद गरेको हो ।

बरामद काठ इलाका प्रहरी कार्यालय सुरुङगामा राखिएको छ । सो काठ कसले ल्याएको हो भनेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here