विश्व आदिवासी दिवसका अवसरमा कमलमा विविध कार्यक्रम

0
75

कमल ।

३१ औं विश्व आदिवासी दिवश २०२५को सन्दर्भमा नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद कमलले विभिन्न कार्यक्रम गरि मनाएको छ ।

महासंघले दिवश मनाउने क्रममा शनिवार साँझ कमल ५ स्थित पाडाजुँगी चौकमा द्विप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले द्विप प्रज्वलनको उद्घाटन गर्नु भएको थियो । हामी यो देशको नागरिकको हैसियतले देश बनाउने जिम्मा पनि तपाई हाम्रै भएकोले सबैले अपनत्व दिएर लाग्नुपर्ने अध्यक्ष राईले बताउनुभयो ।

सामाजिक, धार्मिक ,राजनितिक शिक्षा, स्वास्थ्य सामाजिक उत्तर दाईत्व प्रति पनि तपाईले उत्तिकै ध्यानदिन आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो । ३१ औं विश्व आदिवासी दिवश २०२५को अवसरमा किराँत राई यायोख्खा कोशी प्रदेश अध्यक्ष पारमणी राईलेले आदिवासी हरुको विषयमा नेपाल सरकार अझै धेरै काम गर्नु पर्ने भएको त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

द्विप प्रज्वलन कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकामा कमल गाउँपालिकामा रहेका १९ वटै आदिवासी जनजाती सस्थाकाका प्रतिनिधी, नेपाल लोकतान्त्रिक खेलकुद संघ झापाका सचिव रोशन दाहाल, सरक्षाकर्मी,टोल विकास सस्थाका प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।

त्यसैरी महासंघले दिवश मनाउने क्रमममा आज कमल गाउँपालिका ३ केर्खामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद कमलको आयोजना , नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको समन्वयमा तथा नेराल रेडक्रस सोसाईटी दमक उपशाखा रक्त सञ्चार सेवाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो रक्तदान कार्यक्रममा ४० जनाले रगतदान गर्नु भएको थियो ।

गरतदान जिवदान यस्तो पवित्र कार्य को आयोजना गरेकोमा धन्यवाद दिदै । सबै जानजतीलाई एकताको सुत्रमा बधेर अगाडी बढ्न कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सुझाव दिनुभयो ।

द्विप प्रज्वलन र रगतदान यस्तो महत्व पुर्ण कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकामा कमल गाउँपालिकामा रहेका १९ वटै आदिवासी जनजाती सस्थाकाका प्रतिनिधी, सुरक्षाकर्मी, केर्खा बजार व्यवसथापन समिति, लगायतलाई नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष बदीराम राई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा कमल गाउँपालिकामा रहेका १९ वटै आदिवासी जनजाती सस्थाकाका प्रतिनिधी, सरक्षाकर्मी, टोल विकास सस्थाका प्रतिनिधी, स्थानिय संघसस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here