Views: 2,495
बिराटनगर,

नेपालमा भरपर्दो तथा शैक्षिक परामर्श सेवामा अग्रणी मानिने ओली एन्ड एसोसिएट्स एजुकेशन कन्सलटेन्सी इटहरी शाखाले ग्लोबल एजुकेशन एक्पो २०२५ सम्पन्न भएको छ ।
इटहरी स्थित आफ्नै कार्यालयमा सोमबार सम्पन्न भएको ग्लोबल एजुकेशन एक्पो २०२५ मा विदेश जाने बिद्यार्थीहरु शैक्षिक परामर्श दिईएको थियो। ओली एन्ड एसोसिएट्स इटहरीका ब्रान्च म्यानेजर राजेश कुमार शाहका अनुसार एक्पोमा दुई सय भन्दाबढी बिद्यार्थीहरुले बैदेशिक अध्यायनका लागि परामर्श लिएको जानकारी दिए ।
विगतका बर्षहरुमा झैँ यस बर्ष पनि उच्च शिक्षाका लागि अस्ट्रेलिया, क्यानडा, बेलायत ,संयुक्त राज्य अमेरिका,फ्रान्स र न्यूजील्याण्ड लगायका देशहरुमा जान लागेका विद्यार्थीलाई अब्बल शैक्षिक परामर्श दिने मात्र नभएर विद्यार्थीको करिअर काउन्सिलिङमा समेत ओली एन्ड एसोसिएट्सले विशिष्ट स्थान हासिल गरेको म्यानेजर शाहले बताए। ग्लोबल एजुकेशन एक्पोमा परामर्श लिन आएका विद्यार्थीहरुले पनि ओली एन्ड एसोसिएट्स एक उत्कृष्ट कन्सलटेन्सी भएको बताउदै यहाँबाट विदेश अध्यायन गर्ने जानेहरुलाई अहिलेसम्म कुनै दुख नपाएको बताएका छन्।
सन् २००२ मा स्थापित भएर विभिन्न आरोह–अवरोह र तिता–मीठा अनुभव सँगाल्दै आएको यो कन्सल्टेन्सीले अहिलेसम्म ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई सेवा दिएको छ । यो कम्पनीमा सेवाका लागि अहोरात्र खटिएका ३० भन्दा बढी सर्टिफाइड काउन्सिलरहरू, अस्ट्रेलिया र नेपालमा गरेर १५ वटा अफिस सञ्चालनमा ल्याई धेरैभन्दा धेरैको पहुँचमा पुगेको उपलब्धि यसका बलिया पाटा हुन् ।
माइग्रेसन एजेन्ट, कम्पनीले आफ्ना ९४ प्रतिशत ग्राहकहरूलाई सन्तुष्ट पार्न सफल भएको छ। ओली एण्ड एसोसिएट्सले आफ्ना सेवाहरूलाई क्यारियर काउन्सिलिङ र भिसा मार्गदर्शनमा सीमित गर्दैन, विद्यार्थीहरुंले आफ्नो अध्ययनको अवधिभर निरन्तर सहयोग गर्ने गरेको छ।
यसका अतिरिक्त, अंग्रेजी भाषा आवश्यकता अनुसार उत्कृष्ट हुन तयार गर्ने, अङ्ग्रेजी भाषा तयारी कक्षाहरूमा विशेषज्ञहरूबाट सिकाउने कार्य गरिरहेको जनाएको छ। विगत २४ वर्षदेखि विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ओली एन्ड एसोसिएट्सले मार्गनिर्देश गर्दै एक अग्रणी शैक्षिक परामर्श संस्थाका रुपमा आफ्नो अलग्गै छवी बनाउन सफल भएको छ ।