पथरीको पुनःस्थापना केन्द्रमा राखिएका युवक मृत फेला

0
84

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ पुलचोकस्थित पुनःस्थापना केन्द्र (सुधार केन्द्र) मा राखिएका १ जना युवक सोमबार बिहान मृत फेला परेका छन् ।

न्यू स्टेप पुनःस्थापना केन्द्रमा राखिएका पथरीशनिश्चरे–२ बोक्रेका २१ वर्षीय विवेक दर्नाल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो ।

पुनःस्थापना केन्द्रका कर्मचारीले शौचालयको भेन्टिलेसनमा तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा बिहान ९ बजेतिर फेला पारेका थिए ।

उनको पोस्टमार्टमको लागि शवलाई दमकको आम्दा अस्पतालमा राखिएको छ ।सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रहरीले गरिरहेको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here