माई नगरपाालिकाको १० वर्षे नगर शिक्षा योजना तथा स्थानीय पाठ्यपुस्तक सार्वजनिकरण

0
141

विमल दहाल, माई इलाम ।

माई नगरपाालिकाको १० वर्षे नगर शिक्षा योजना तथा स्थानीय पाठ्यपुस्तक “हाम्रो माई नगर कक्षा-६ र ७” सार्वजनिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ।

माई नगरपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा, सितली इलामको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले स्थानीय तहले आफ्नो शिक्षा सम्बन्धी अधिकारलाई कार्यान्वयन गर्ने कोशेढुंगाको रुपमा यो कार्यक्रमलाई लिएको बताउनुभएको छ। वहाँले स्थानीय तहले आफ्नै नीति निर्माण र मौलिक पहिचानमा अघि बढेर नगर शिक्षा योजना र पाठ्यपुस्तक तयार पार्ने कार्यले संघीयताको असल अभ्यास र कार्यान्वयन भएको बुझ्न सकिने बताउनुभयो।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीले नगरपालिकाको शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन १० वर्षीय कार्य योजना ल्याएको बताउनुहुदै यसको व्यवस्थापन गरेर मात्र नहुने र कार्यान्वयनको लागि समेत कार्य गर्नुपर्ने धारणा राख्नुभयो। लेखन र कार्ययोजना निर्माण रहनुहुने सबैलाई उपमेयर भण्डारीले नगरपालिकाको तर्फबाट धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा नगर शिक्षा योजना तथा पाठ्यक्रम निर्माणमा प्रत्यक्ष सहभागी हुनुहुने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पुस्तक तथा कार्ययोजना निर्माणमा लेखन गर्नुहुने शिक्षकहरु किरण प्रसाद सुवेदी, हरिप्रसाद पौडेल, खेमराज लिम्बु, तारानाथ खनाल, कृष्ण राई, विजय तामाङ, रुद्रबहादुर मगर, केशव खनाल, रविनराज लोहनी, तीर्थ राज भारती, सुन्दरमणि बिसी रहनुभएको छ ।

यस्तै पुस्तक निर्माणमा सम्पादन गर्नुहुने शिक्षकहरु किरण प्रसाद सुवेदी, खेमराज लिम्बु, तारानाथ खनाल, विजय तामाङ, रुद्र बहादुर मगर र सुन्दरमणि बिसी लाई सम्मान गरिएको थियो। नगर शिक्षा योजना तथा पाठ्यक्रम निर्माणमा सहयोग गर्नुहुने माई नगरपालिका प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेल, योजना शाखा प्रमुख हिमाल तिम्सिना र लेखा प्रशासन शाखा प्रमुख अशोक कट्टेल, कार्यपालिका सदस्य तेज कुमारी लिम्बुलाई समेत सम्मान गरिएको थियो।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख सितादेवी लाउतीको सञ्चालनमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा कन्काई माविका शिक्षक किरण सुवेदी, बुद्ध आधारभूत विद्यालयका शिक्षक सन्देश लिङ्गदेन र लक्ष्मी आदर्श माविका शिक्षक रुद्रबहादुर मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here