बिर्तामोडमा मिडियामा आदिवासी जनजाती सवाल विषयक अन्तरक्रिया

0
127

बिर्तामोड ।

स्थापना दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाको बिर्तामोडमा मिडियामा आदिवासी जनजाती सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

फोनजि झापाले आज (मंगलबार) २६ औं स्थापना दिवसका अवसरमा आदिवासी जनजातीका संघसंस्था र आदिवासी जनजाती पत्रकार संघसंगठनबिच अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
फोनिज झापाका अध्यक्ष अर्जुा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजकी केन्द्रिय सदस्य भुमिका फियाक लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा फोनिजका पूर्व केन्द्रिय उपाध्यक्ष कमल देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, पत्रकार संघ संगठनका तर्फबाट प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, उपाध्यक्ष केवलराम राई, फोनिज झापाका पूर्व अध्यक्षका तर्फबाट इन्द्रजीति मुखियालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश फोनिज झापाका संस्थाका अध्यक्ष दिपिन राईले पारेको कार्यक्रममा स्वागत फोनिज झापाका उपाध्यक्ष तीलक योन्जनले गरेका थिए । कार्यक्रमको सञ्चालन फोनिज झापा सचिव सन्तोष वेघाले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बिभिन्न्न झापाका पत्रकारजन्य संघसंगठनका प्रमुख तथा प्रतिनिधि, आदिवारी जनजाती पत्रकारजन्य संघसंगठनका प्रमुख तथा प्रतिनिधि, आदिवारी जनजातीका बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here