बिर्तामोड ।

युवालाई चरित्रवान बनाइ राष्ट्र निर्माणमा लगाउनु पर्नेमा बिर्तामोडमा मंगलबार आयोजित एक कार्यक्रमकावक्ताहरुले जोड दिएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडमा आयोजितकार्यक्रममा युवाशक्तिको महत्वबुझेर राष्ट्रनिर्माणमा उपयोग गर्नुपर्ने बताइयो । अन्तर्राष्ट्रिय युवादिवसको अवसरमा ब्रह्माकुमारी युवाप्रभाग बिर्तामोड र श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्धारा संयुक्त रुपमाआयोजना गरिएको कार्यक्रममा युवाका विभिन्न सवालबारे चर्चा गरिएको थियो ।
ब्रह्माकुमारी हरिताको अध्यक्षता, बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको समारोहमा श्रीकृष्ण धर्मका युवाप्रचारक सन्त श्री सुगम साधकले संक्षिप्त प्रवचन दिएका थिए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले शुभकामना मन्तब्य राखेको कार्यक्रममा ब्रह्माकुमार लक्ष्मणले स्वागत, ब्रह्माकुमारी कल्पना दहालले युवा दिवसको औचित्यमाथि प्रष्ट्याएकी थिइन् भने श्रीकृष्ण प्रणामी स्वर्ण मन्दिर सद्गुरु देवचन्द्र सदन युवा परिषद् अध्यक्ष दिनेश भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए ।
ओमशान्ति टोल विकास संस्थाका अध्यक्ष शिव थपलिया लगायतको आतिथ्य रहेको कार्यक्रममा युवा तथा प्रौढहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी पूर्णिमाले गरेकी थिइन् ।






























