झुम्का कारागारबाट कैदी फरार, छानविन समिति गठन

0
86

सुनसरी ।

सुनसरीको झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक जना कैदी फरार भएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा राखिएका थिए।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनलाई प्राप्त भएको हो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो।

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा प्रमुखहरु सम्मिलित टोलीले स्थलगत निरीक्षण गरी कारागारको सुरक्षा अवस्था मूल्यांकन गरेको छ। साथै, सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ, जसले कारागारको वस्तुस्थिति र फरार प्रकरणसम्बन्धी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ।

झुम्का कारागारमा हाल १ हजार ७ सय ९५ कैदीबन्दी रहेकामा खत्री फरार भएपछि संख्या १ हजार ७ सय ९४ पुगेको छ। जेलर लामिछानेका अनुसार सुरक्षा निकायले खत्रीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म फेला पार्न सकेका छैनन्।

कैदी फरार भएसंगै घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here