कुवेतमा विषाक्त मदिरा सेवनका कारण १६ नेपाली मृत्यु

0
116

बिराटनगर,

कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १६ नेपाली कामदारको मृत्यु भएको छ। अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।

कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्यु भएकोमा तीमध्ये १६ जना नेपालीको तीन दिनको अवधिमा मृत्यु भएको हो। महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल र सचिव आङ्काजी शेर्पाले एक विज्ञप्ति जारी गर्दै मदिरा पिएर बिरामी परेका १ सय ६० जनाभन्दा बढीको स्थानीय अस्पातलको सघन कक्षमा उपचार भइरहेको छ।

१६० घाइते मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौला डायलाइसिस आवश्यक त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।

घाइतेहरुलाई विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।

कुवेतमा श्रमरत सम्पूर्ण नेपालीहरुलाई मदिरा, लागुऔषध तथा स्थानीय कानुनले बन्देज गरेका कुनै पनि अबैधानिक उत्पाद सेवन, कारोबार, ओसारपसार नगर्न र नगराउन समेत महासंघले अनुरोध गरेको छ । साथै, नेपालमा रहेका आफ्ना आफन्त, परिवार र सन्तानको भबिष्यलाई प्राथामिकतामा राखी स्थानीय कानुनको सम्मान गर्दै आफ्नो काममा कटिबद्धताका साथ लागिरहन अनुरोध गरेको छ।
अहिले कुवेतको केन्द्रिय कारागारमा रहेका ४८ जना नेपाली मध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्रीवितरण गरेका कारण जेल परेका छन्। अनियन्त्रित मादक पेय पदार्थ सेवन गर्ने खतराहरूको बारेमा जनतालाई चेतावनी दिएका छन्। स्वास्थ्य मन्त्रालयले जनतालाई अस्पतालहरूमा सम्पर्क गरेर वा समर्पित हटलाइनहरूमा कल गरेर मिथानोल विषाक्तताको कुनै पनि शंकास्पद घटनाहरू तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको जनाएको छ ।
कुवेतमा मदिरा प्रतिबन्धित छ। त्यहाँको कानूनले मादक पदार्थको आयात र आपूर्तिलाई निषेध गरेको छ । व्यावसायिक उद्देश्यका लागि मदिरा आयात गर्ने वा उत्पादन गर्ने जो कोहीलाई पनि जेल सजाय हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here