
सुनामी छाल उठेर, मेरो शहर डुब्यो सानु
हाम्रो खुशीको बस्ती कुन बाडी पसेर डुब्यो सानु
बज्रपात ग¥यौ तिमीले, बाँच्ने र अँगार भो
तिमी बस्ने कोमल मुटु बज्र पर्दा फुट्यो सानु
दिलको चरी रमाउने फूलबारी गोड्दै थियौं
आँधी आई बोटै ढाल्यो, प्रेमको फूल सुक्यो सानु !
सधैँ खुशीको किरण छर्ने, एउटा शितल जुन थियो
ज्वालामुखीको बादलभित्र, शितल जुन लुक्यो सानु !
तिम्रो शुभ होस् भनी, हर दिन कामना गर्थेँ
तिमीले चोट दिँदा, आज सारै चित्त दुख्यो सानु !



























